नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
वि.सं.२०७५ पुस ११ बुधवार १६:४७
shares

दोस्रो नेपाल आइडल रवि ओडकी आमा विस्ना ओडको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएकाे छ । सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्याउदा मृत्यु भइसकेको पुष्टि गरेका थिए ।
रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ । विस्ना रविको सौतेनी आमा हुन् । आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् ।

























