आगलागी पीडितलाई प्रदेश सरकारको सहयोग
वि.सं.२०७५ पुस १२ बिहीवार ०१:०२
shares

प्रदेश-२ सरकारले आगलागी पिडितलाइ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सर्लाहीको ब्रह्मपुरीमा आगलगीमा परि मृत्यु भएका धनिक लाल यादवको परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बुधवार मुख्यमन्त्री राउतले मृतक धनिकलाल यादवका बुवा गौतम कुमार यादवलाई २ लाखको चेक हस्तान्तरण गरे । २०७५ कार्तिक २१ गते लक्ष्मी पूजाका दिन आगलगीमा परि ब्रह्मपुरी ७ नोकेलवाका धनिक लाल यादवको मृत्यु भएपछि प्रदेश सरकारले मुख्यमन्त्री राहतकोषबाट मृतक परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेअनुसार सहयोग गरेको हो ।

























