काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारलाई डा. केसीको ‘अल्टिमेटम’

10.37K
shares

डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताबमोजिम नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभए कुनै पनि बेला आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले विधेयक पारित गर्न यही पुस १७ गतेसम्मको ‘अल्टिमेटम’ पनि दिएका छन् ।

सम्झौता तोडमोड गरेर माफिया पोस्ने काममा सत्तारुढ तथा विपक्षी पार्टीका सांसदहरु लागेको उनको आरोप छ । सीटीइभीटीबाट अनुमति लिएर सञ्चालित स्वास्थ्य संस्थाहरुलाई चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउने, रेजिडेन्ट डाक्टरहरुलाई हतोत्साही गर्ने, माफियाका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेलगायतका अनुचित लाभ लिनेतर्फ शिक्षामन्त्री गिरिराजमणि पोखरेल लागेको आरोप पनि डा. केसीले लगाएका छन् ।