अपराधीलाइ अब कुनै ठाउँ छैन : सर्वेन्द्र खनाल
वि.सं.२०७५ पुस १२ बिहीवार ०१:४६
shares

प्रहरीका प्रमुख (आइजीपी) सर्वेन्द्र खनालले अपराधीहरुको लागि नेपालमा अब कुनै पनि ठाँउ नभएको दावी गरेका छन् । उनले अधिकांश अपराधिक क्रियाकलपा गर्ने व्याक्तिहरु नियन्त्रणमा आएर कारबाही गरिएको दावी गर्दै अपराध गर्नेलाई नेपालमा ठाउँ नभएको बताए ।
उनले प्रहरी पहिलाको जस्तो हुकमी शैलीमा नभएको भन्दै अब सच्चिएर आएको बताए । सोही धारणालाई पूरा गर्न समुदाय-प्रहरी समन्वयको अभियान थालनी गरेको दावी गरे । वर्दिविनाको प्रहरी जनता रहेकोले उनीहरुबाट सहयोगको अपेक्षा गरिएको उनको भानाइ थियो ।
प्रहरी प्रधान कार्यालय काठमाडौंको आयोजना र प्रदेश-५ प्रहरी कार्यालय दाङको समन्वयमा रुपन्देहीमा आयोजना गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रममा आईजीपी खनालले उक्त कुरा बताएका हुन् ।

























