काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

13.31K
shares

धनुषा प्रहरीले ज्यान मार्ने उद्योग कसुरका प्रतिवादीलाई ९ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुराकीको आधारमा जनकपुरधाम उपमहानगरपालिका-१९ वेंगाशिवपुरका श्याम यादव भन्ने प्रेम कुमार यादवलाई पक्राउ गरेको जनाएको छ ।

वि.स. २०६६ साल फाल्गुन २५ गते २ बजेको समयमा तत्कालीन बेंगाशिवपुर गाविसस्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा अभिभावक भेलामा साविक वेंगाशिवपुर गाविस-१ का श्याम यादव भन्ने प्रेम कुमार यादव सहित ८ जनाले धारिलो खुकुरी प्रहार गर्दै फरार भएका थिए ।

उक्त घटनाको क्रममा मो. महवुव रेजा र मो. ईव्राहिम राईनको खुकुरी प्रहारबाट टाउँको, पिठ्यूमा गम्भीर चोट लागेको थियो ।