काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनुषामा फस्टाउँदै घरेलु उद्योग

18.77K
shares

धनुषामा पछिल्लो समय घरेलु तथा साना उद्योग फस्टाउन थालेका छन् । अधिकारीहरूले त्यस्ता उद्योग दर्ता गराउनेहरूको संख्यामा वृद्धी भएको बताउन थालेका छन् ।

अहिले दैनिक १० देखि १५ वटासम्म नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता हुँदै आएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाले जनाएको छ । पहिले उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गत पर्ने घरेलु तथा साना उद्योग कार्यालय प्रदेश सरकारको उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयअन्तर्गत आएको छ ।

घरेलु कार्यालयले उद्योगी व्यवसायी ऐेन, २०७३, साझेदारी ऐन, २०२० र प्राइभेट फर्म रजिष्ट्रेसन ऐन, २०१४ अन्तर्गत घरेलु तथा साना उद्योग दर्ता गरिने ङरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख उद्योग अधिकृत संजीप कुमार दुब्बेले बताए । उनका अनुसार घर जग्गाबाहेक ५ करोड स्थिर पुँजीसम्मका उद्योग व्यवसायको कार्यालयले दर्ता गर्छ ।

घरेलु तथा साना उद्योग कार्यालयले उद्योग, वाणिज्यको दर्ता गर्नुको साथै बजार अनुगमन र उद्यमी व्यवसायीलाई तालिम समेत दिँदै आएको छ । साना-साना पुँजीलाई जम्मा गर्दै व्यापार, व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको उनले बताए । घरेलु तथा साना उद्योगीहरुलाई आवश्यकताअनुसार उद्योगी, व्यवसायीहरुकै मागको आधारमा आधारभूत र डिप्लोमा तालिम समेत दिँदै आएको दुब्बे बताउँछन् ।

आर्थिक वर्ष २०७४/०७५ मा उद्योगमा ७ सय २ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/०७६ को मंसिरसम्ममा ५ सय ९६ जना उद्योगी व्यवसायीहरुले घरेलु कार्यालयमा आफ्नो फर्म दर्ता गराएका छन् । वि.स. २०३९ देखि धनुषामा काम सुरु गरेको घरेलु तथा साना उद्योग कार्याल धनुषामा कुल ५ हजार ९६ फर्म दर्ता छन् ।

धनुषामा दर्ता भएका साना उद्योग र व्यवसायले गर्दा उद्योगतर्फ ४ हजार ५ सय ५४ जनाले प्रत्यक्ष रोजगार पाएको कार्यालयको तथ्यांक छ । त्यस्तै वाणिज्यतर्फ एक हजार ५ सय बेरोजगारले प्रत्यक्ष रोजगार पाएको कार्यालयको तथ्यांकले देखाउँछ ।

 

दर्ताबाटै साढे दुई करोड

धनुषामा घरेलु कार्यालयले घरेलु तथा साना उद्योग दर्ताबाटै आ.व. २०७४/०७५ मा २ करोड ४३ लाख १८ हजार ३५ रूपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । त्यस्तै चालु आ.व. २०७५/०७६ को मंसिरसम्ममाम १ करोड ५९ लाख ६३ हजार ६५ रुपैया राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

९ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा हाल २ जना कार्यालय सहायक, एक उद्योग अधिकृत र प्राविधिक नायव सुब्बा र दरवन्दीबाहेक २ जना कम्प्युटर अपरेटरको भरमा कार्यालयले कार्यसम्पादन गर्दै आएको छ । कर्मचारीहरुको अभावकाबीच घरेलु तथा साना उद्योग कार्यालयले बुद्धिमताका साथ सेवाग्राहीहरुलाई छिटो छरितो कार्यसम्पादन तथा तालिम र बजार अनुगमनको काम गर्दै आएको कार्यालय प्रमुख दुब्बेले बताए ।

कार्यालयका प्रमुख प्रशिक्षक नागेन्द्र साह भन्छन्, ‘हामीले कार्यालयको काम सम्पादन गर्नुको साथै यसबाहेक फिल्डमा वार्षिक ३ सय ५० जनालाइ उद्योगी व्यवसायी बनाउनका लागि तालिम समेत दिँदै आएका छौ ।’ गत आ.व. २०७४/०७५ मा ३ सय ५० जनालाई तालिम दिने लक्ष्य राखेका घरेलु तथा साना उद्योग कार्यालयले ४ सय १५ जनालाई तालिम दिएको उनले जानकारी दिए ।

घरेलु तथा साना उद्योगले दिँदै आएको तालिमप्रति विश्वास गरेर उद्यमी व्यवसायीहरु तालिमका लागि कार्यालयमा आउने गरेको उनले बताए । तर जनशक्ति अभावका तथा सीमित श्रोत-साधन भएकाले मागअनुसारको तालिम दिन नसकेको उनको भनाई छ ।

कार्यालय प्रमुख दुबेका अनुसार गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रममार्फत समेत तालिम दिइँदै आएको छ । कार्यालयको नियमित सिपमूलक तालिम र उद्यमशीलता विकासको तालिम कार्यक्रमअन्तर्गत ४ सय १५ जनालाई तालिम दिएको बताए ।

धनुषामा अहिले लेडिज पर्स उत्पादन, कपडाको झोला उत्पादन, बाँसको मुढा बनाउने, बच्चाको खेलौना बनाउने, मिथिला पेन्टिङ, सिलाई कटाइ तालिम, ब्युटि पार्लर, वेतबाट बन्ने सामाग्री निमार्ण गर्ने तालिमको माग आएको उनले बताए । सोहि अनुसारको तालिमको आयोजना गर्दै सिप सिकेर उद्योग, व्यवसाय गर्दै आएकाले प्रविधिमा कार्यालयको अनुदान बजेटबाट ८० प्रतिशत र उद्यमीको २० प्रतिशतको लगानीमा सामाग्रीमा समेत सहयोग गर्दै आएको दुब्बेले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयद्वारा दिइने तालिममा सहभागि भई उद्योग, व्यवसाय दर्ता गराएका उद्यमीलाई नेपाल सरकारले सहुलियत दरमा कर्जा दिने घोषणा गरेकाले घरेलु तथा साना उद्योग दर्ता गराउनेहरुको संख्यामा वृद्धि भएको छ । सरकारले विभिन्न बैंकहरुमार्फत लघु उद्यमी र व्यवसायीहरुलाई सहुलियत तरिकाले कर्जा उपलब्ध गराउने भनिए पनि महिला उद्यमीहरुलाई सहुलियत ब्याजमा कर्जाको समस्या रहेको सौन्दर्य कला व्यवसायी संघ धनुषाका अध्यक्ष शिल्पा महतोले गुनासो गरिन् ।

सानो रकममा गरिने उद्यम र व्यवसायबाट उत्पादन गरिएका समग्रीहरुको बढ्दो मूल्य र अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न समस्या भएकाले त्यस्ता उद्योगबाट उत्पादित सामग्रीहरुलाई बजारीकरणमा समेत समन्वय र सहयोग गर्ने गरेको जनकपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले बताए ।