काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमईको ‘दशैंमा बीस लाख’ योजनाको दोस्रो विजेता घोषणा

11.76K
shares

नेपालकै नेतृत्वदायी रेमिट्यान्स सेवाप्रदायक कम्पनी आइएमईले ‘दशैंमा बीस लाख’ योजनाको दोस्रो विजेता घोषणा गरेको छ । दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवर्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनाअन्तर्गत अमेरिकाबाट नेपालमा आइएमई गर्ने विजेन्द्र थापा सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’बाट दोस्रो महिनाको विजेता घोषित भएका हुन् । उनले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले पुरस्कार विजेता बिजेन्द्रको सिफारिसमा उनकी आमा चिनुमाया थापालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे । २०७५ असोज ७ गतेदेखि सुरु भई २०७५ मंसिर मसान्तसम्म लागू भएको सेवाग्राहीमुखी यो योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट दुईजना विजेता घोषित भइसकेका छन् ।

आइएमईले योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्धतिमा लिंक गरी ‘लक्की ड्र’बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जना सेवाग्राहीलाई ‘आइएमई पे’मार्फत एक हजारको बिल भुक्तानी, हरेक साता एकजना सेवाग्राहीलाई १० हजार नगद, हरेक महिना एक जना सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० (बीस) लाख नगद प्रदान गर्ने गरी कार्यक्रम तय गरिएको थियो ।

स्थापनाको १८औं वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी एक सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।