काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वाह ! काँक्रेबिहार

40.03K
shares

तपाईं सुर्खेत जानुभएको छ ? यदि जानु भएको छ भने काँक्रेबिहार पुग्नुभएको छ ? काँक्रेबिहार सुर्खेतको बहुचर्चित स्थान हो । जहाँ पुगेपछि तपाईलाई त्यसको सौन्दर्यले पटक पटक तान्छ ।

सुर्खेतका केही जस्ता क्षेत्र छन्, जुन सुर्खेत भन्नासाथ मानिसहरूको मानसपटलमा चित्रमय बनेर आउँछ । जस्तै : बुलबुल ताल, जस्तै : देउती बज्यै मन्दिर, जस्तै : काँक्रेबिहार ! आज हामी काँक्रेबिहारका बारेमा चर्चा गर्नेछौं, जसले धार्मिक तथा पर्यटकीय दुवै क्षेत्रलाई समेटेको छ ।

काँक्रेबिहार पुगेर फर्कनेहरू भन्छन्, ‘एक पटक पुग्नै पर्ने ठाउँ रहेछ ।’ अबलोकन गरिसकेकाहरूको यो भनाईले पनि काँक्रेबिहारको सुन्दरतालाई चिनाउँछ । एक पटक त्यहाँ पुगेकाहरूलाई सोधेर हेर्नुस्, उनीहरूको प्रतिक्रिया कस्तो आउँदो रहेछ ? एकपटक पुगेकाहरू भन्छन्, ‘काँक्रेबिहार नामै काफी छ ।’

KAKRE BIHAR NEWSKAROBAR (7)

के बालबालिका ? के युवा युवती ? के वृद्ध वृद्धा ? सबैलाई उत्तिकै प्रिय लाग्छ यो स्थल । ‘पछिल्लो समय बुढाबुढीदेखी केटाकेटीसम्मको रोजाई बनेको छ ऐतिहासिक काँक्रेबिहार,’ स्थानीय भन्छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत बसपार्कबाट दक्षीण पूर्वमा अवस्थित काँक्रेबिहार धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचत छ । वीरेन्दनगर नगरपालिका-९ लाटिकोईलीमा पर्ने उक्त पर्यटकीय स्थल सुर्खेत बसपार्कबाट दक्षिणतर्फ करिब चार किलोमिटर दुरीमा अवस्थित छ ।

पैदलयात्रा गर्नेलाई करिब आधा घण्टा लागे पनि सवारी भएकाहरु भने १५ मिनेटमै पुग्न सक्छन् ।

रत्न राजमार्गको मंगलगढी चोकबाट लाटीकोईलीतर्फ जाँदा  बाटो छेउमै पर्ने प्रख्यात धार्मिक स्थल शिव मन्दिर तथा गुम्बाहरुको मनोरम दृष्यावलोकन गर्ने अवसर पनि मिल्नेछ ।

लाटीकोईली डाँडामा अवस्थित शिव मन्दिरको दर्शन गर्दा मनले आँटेको कुरा पुग्ने जनविश्वास अझै उत्तिकै बलियो छ । काँक्रेबिहार जानेहरूका लागि यो ‘एक पन्थ दुई काम’ बन्न सक्छ । लाटीकोईलीको शिव मन्दिरमा महिलाहरूको विशेष भीड लाग्ने गर्दछ ।

अधिकांश नेवार बस्ती भएको लाटीकोईलीमा नेवारहरुको संस्कृति झल्कने दृश्यहरु अवलोकन गर्ने अवसर पनि मिल्नेछ ।

काँक्रेबिहार हिन्दू तथा बौद्ध धर्मका अनुयायीहरूका लागि उत्तिकै पवित्र स्थल हो । यसलाई दुवै धर्माबलम्बीहरूको साझा मन्दिरका रूपमा लिइन्छ ।

मंगलगढी चोकबाट दक्षीणतर्फ लाटीकोईली डाँडाबाट पूर्वतर्फ करिब दुई किलोमिटर जंगल हिँडेपछि लाटीकोईली पुगिन्छ ।

घना जंगलको बीच टापुमा रहेको काँक्रेबिहार मन्दिरबाट उत्तर तर्फको सुर्खेत उपत्यका तथा दक्षिण तर्फका फाँटहरुको दृष्यले काँक्रेबिहार पुग्नेहरूको मन लोभ्याउँछ ।

KAKRE BIHAR NEWSKAROBAR (4)

जंगलको बाटो हिँड्दै गर्दा चराहरुको चिरबिर आवाजले झनै मन चंगा बनाईदिन्छ । शितल छहारी तथा बाटोबाटोमा बनाईएका चौतारीमा बिश्राम लिँदै कांक्रेबिहार जानुको मजा बेग्लै हुन्छ ।

करिब दुई किलोमिटर पम्की सडक पार गर्ने क्रममा काँक्रेबिहार जंगलका मृग, कोईली, जरायो जस्ता जीबजन्तुहरुको गतिविधि अवलोकन गर्न समेत पाइन्छ, मानौ उनीहरू भन्दैछन्- ‘काँक्रेबिहारमा तपाईंलाई स्वागत छ ।’

सुर्खेत उपत्यकाको टापुमा रहेको उक्त धार्मिक तथा पर्यटकीय स्थलमा पुग्दा परापूर्वकालदेखि हातले कुँदिएका थुप्रै मुर्तीहरु पनि देख्न पाईने र मन्दिरको दर्शन समेत गर्न पाईन्छ । ति मुर्तीमा धार्मिक आस्था र विश्वास मात्र कुँदिएको छैन, बरू हाम्रो सभ्यता, संस्कृति तथा मुर्तीकलाको अनुपम नमुना खाँदी खाँदी राखिएको छ ।

गणेश, सरस्वती तथा जनावरहरुमा गाई सर्प तथा विभिन्न पशुपंक्षीहरुको प्रतिमा त्यसक्रममा देख्न पाइन्छ । जो परा पूर्वकालमा हातले कुदिएका थिए ।

KAKRE BIHAR NEWSKAROBAR (3)

काँक्रेबिहार मन्दिरका ढुगांहरु (बान्नो) समेत हातले कुंदिएका छन् । मन्दिर वरिपरि रहेका ति हातले कुँदिएका भगवानका मुर्तिहरुलाई दुई किसिमले हेर्ने गरेको पाइन्छ । कसैले यसलाई हस्तकलाको रुपमा लिन्छन् भने कसैले यी मुर्तिहरुलाई भगवानको उपमा पनि दिन्छन् ।

जे होस् प्रसिद्ध काँक्रेबिहारले धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा देशभर परिचय पाएको छ । कुल १७५.५० वर्गकिलोमिटरमा क्षेत्रफलमा फैलिएको काँक्रेबिहार जंगलको बीच टापुमा छ ।

स्थानीय तथा बाहिरका समेत गरेर प्रतिदिन ४ सय भन्दा बढी घुम्न आउने गरेका काँक्रेबिहार संरक्षण समितिका अध्यक्ष तारा राष्कोटीले बताईन् ।

अत्यन्तै रमणीय र ऐतिहासिक महत्व बोकेको काँक्रेबिहार मन्दिर तथा मुर्तिहरु उस्तै संरचनामा पुर्ननिर्माणको काम समेत भईहरको छ ।

सन् १३२५ मा सिंजा जुम्लाका राजा अशोक चल्लले कांक्रेबिहार बनाएको सहायक रथि प्रेमसिंह बस्न्यातको अभिलेखमा उल्लेख छ ।