काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रीमा फुयाँल र सिलवालको चर्चा

14.09K
shares

कमजोर कार्यसम्पादन र मुख्यमन्त्रीसँगको विवादका कारण केशव स्थापित बर्खास्त भएपछि झण्डै दुई महिनादेखि प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालय मन्त्रीविहीन छ । अहिले उक्त मन्त्रालय मुख्यमन्त्री डोरमणी पौडेलले नै चलाइरहेका छन् । प्रदेशको कुल ३५ अर्बमध्ये १३ अर्ब रुपैयाँ बजेट रहेको मन्त्रालयमा मन्त्री नहुँदा कतिपय योजना प्रभावित भएका छन् । तर, मुख्यमन्त्री पौडेलले केही दिनमै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । ‘आजदेखि बर्खे अधिवेशन क्लोज भएको छ,’ मुख्यमन्त्री पौडेलले बिहीबार न्युज कारोबारसँग भने, ‘हिउँदे अधिवेशन सुरु हुनुअघि नै नयाँ मन्त्री आउनुहुने छ ।’ उनले कसलाई ल्याउने भन्ने निर्णय भने भइनसकेको बताए ।

 

नारायण सिलवालको चर्चा

मुख्यमन्त्री पौडेलनिकट स्रोतका अनुसार नेकपाबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सांसद नारायण सिलवाल र रामेश्वर फुयाँलको नाम मन्त्री बन्ने सूचीमा छ । स्थापित बर्खास्त भएदेखि नै सांसद फुयाँलको नाम चर्चामा छ । तर, अहिले सिलवालको नाम पनि आएको मुख्यमन्त्रीनिकट स्रोतको दाबी छ । ‘मान्य नारायण सिलवाल र रामेश्वर फुयाँलमध्ये एकजना मन्त्री हुने सम्भावना मैले बुझेको छु,’ मुख्यमन्त्रीका एक सहयोगीले भने ।’ उनका अनुसार मन्त्री बन्न अन्य केही सांसदले पनि लबिङ गरिरहेका छन् । ‘दुईजना सांसदको नाम भने पार्टी नेतृत्व र मुख्यमन्त्रीकै समन्वयमा आएको हुनुपर्छ, त्यसबाहेक अन्य मान्यहरुले पनि प्रयास गरिरहनुभएको छ ।’

गत कार्तिक १६ गते मुख्यमन्त्री पौडेलले कार्य सम्पादन र अनुशासनमा असफल देखाउँदै स्थापितलाई मन्त्री पदबाट बर्खास्त गरेका थिए । स्थापित २९ माघ २०७४ मा मन्त्री पदमा नियुक्त भएका थिए । भौतिक पूर्वाधार मन्त्रालय पूर्वएमालेको भागमा छ । यो मन्त्रालय प्रदेशको निकै महत्वपूर्ण मानिन्छ । प्रदेशको कुल बजेट ३५ अर्ब रुपैयाँ बजेटमध्ये करिब १३ अर्ब रुपैयाँ बजेट यो मन्त्रालयमा छ ।

के भन्छन् सिलवाल ?

सिलवालले भने आफू अहिले मन्त्रालय ताक्ने भन्दा जनताको काममा बढी केन्द्रित रहेको बताए । न्युज कारोबारसँग उनले भने, ‘पार्टीले जिम्मेवारी दिन्छ भने अलग कुरा हो, मैले स्वीकार्नुपर्छ, तर अहिलेको प्राथमिकता भनेको जनताको काम नै हो ।’ आफूले मन्त्री बन्न कुनै लविङ नगरेको उनले स्पष्ट पारे । ‘म पदका लागि लबिङ गर्दिन, जहाँ रहेर पनि संघीय सरकारले लिएको लक्ष्य प्राप्तिमा सहयोग गर्नु मेरो कर्तव्य र जिम्मेवारी हो,’ उनले भने ।

को हुन सिलवाल ?

सिलवाल प्रदेश ३ क्षेत्र नं. ५ (१) बाट निर्वाचित सांसद हुन् । संस्थापन पक्षका सिलवाल नेकपाका केन्द्रीय सदस्य हुन् । उनी पहिलो पटक निर्वाचन सहभागी भए पनि भारी मतले विजय भएका थिए ।