काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिटिजन्स बैंकको प्रादेशिक कार्यालय विराटनगरमा

16.15K
shares

सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरमा स्थापना गरेको छ । संघीय संरचनाअनुसार आफ्नो उपस्थित बलियो बनाउने प्रदेश कार्यालय स्थापना गरेको बैंकले जनाएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।

प्रदेश १ अन्तर्गत बैंकका ११ शाखाबाट व्यापार विस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइ जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले ८० शाखा, ७५ एटिएम र ९९ शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।