सेञ्चुरी बैंकद्वारा बालविनायक विद्यालयलाई कम्प्युटर प्रदान
वि.सं.२०७५ पुस १३ शुक्रवार २२:३८
shares

सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक–२ मा रहेको बालविनायक आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबुकाजी श्रेष्ठलाई कम्प्युटर हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका मार्केटिङ म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्ण सिलवाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदाधिकारीको उपस्थिति थियो ।
बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल चेतन आधारभूत विद्यालय, सूर्यविनायक– ४ का प्रधानाध्यापक रामशरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् ।
काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यकाबाहिर ९५ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १२ वटा शाखारहित बैंकिङ गरी जम्मा १२७ स्थानबाट सेञ्चुरी बैंकको कारोबार सञ्चालनमा छ ।

























