काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालगन्जमा गरिमा विकास बैंकको शाखा

13.29K
shares

गरिमा विकास बैंकले बाँकेको नेपालगन्जमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कार्यालयको नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर जबराले उद्घाटन गरे ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकका उपत्यकाभित्र आठवटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् । गरिमा विकास बैंकले २५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २२ अर्ब ३० करोड कर्जा लगानी गरेको जनाएको छ ।

बैंकले छिट्टै पर्साको वीरगन्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेँसीसहरमा शाखा कार्यालय खोल्ने भएको छ ।