ज्योति विकास बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता
वि.सं.२०७५ पुस १३ शुक्रवार २२:३३
shares

ज्योति विकास बैंक र काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमृत खन्नाले हस्ताक्षर गरे । सम्झौतासँगै बैंकका ग्राहकले बैंकको एटिएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र कार्ड देखाएर सुविधा प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले ८२ शाखा कार्यालय र २२ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । चालू आर्थिक वर्षभित्र थप आठवटा शाखा र थप २७ स्थानमा एटिएम सञ्चालनमा ल्याउने बैंकले जनाएको छ । बैंकका डेढ लाखभन्दा बढी ग्राहक छन् । २३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १० हजारभन्दा बढी ऋणीमार्फत १८ अर्ब ८० करोडभन्दा बढी लगानी गरेको छ । बैंकको हालको चुक्तापुँजी २ अर्ब ५९ करोड छ ।

























