काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्लोबल आइएमई बैंकका थप तीन शाखारहित बैंकिङ

12.75K
shares

ग्लोबल आइएमई बैंकले थप तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पुस १०, ११ र १२ गते नवलपरासीको मध्यविन्दु नगरपालिका-१५, कावासोती नगरपालिका-१७ र पाल्पाको रम्भा गाउँपालिका-१ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

तीनवटै शाखारहित बैंकिङ सेवा स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको रोहवरमा उद्घाटन भएको छ । ग्लोबल आइएमई बैंकका हालसम्म १ सय ३३ शाखा, १ सय ४१ एटिएम, सात एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र १ सय १५ शाखारहित बैंकिङ सेवा छन् भने विदेशमा तीन प्रतिनिधि/सम्पर्क कार्यालय छन् । बैंकले ९ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।