काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईसी एशिया र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

12.62K
shares

एनआईसी एशिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार अब एनआईसी एशियाका ग्राहकले मुलुकभरका २ सय ७० वटै शाखाबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् । देशभर एनआईसी एशियाका २ सय ७० शाखा कार्यालय, २ सय ८८ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र २० शाखारहित बैंकिङ इकाई छन् । बैंकको वासलातको आकार २१३ अर्ब छ भने कुल निक्षेप १६९ अर्ब तथा कुल कर्जा १४५ अर्ब छ । बैंकका ग्राहक १४ लाखभन्दा धेरै छ ।