काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल मेडिसिटी र मानुषीबीच सम्झौता

13.99K
shares

नेपाल मेडिसिटी अस्पताल र महिला उद्यमशीलताको क्षेत्रमा कार्यरत मानुषी प्रा. लि.बीच सम्झौता भएको छ । ललितपुरमा रहेको मानुषी प्रा.लि.को कार्यालयमा भएको सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीका अध्यक्ष पद्माशना शाक्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मानुषीका कर्मचारी र सदस्यले नेपाल मेडिसिटीमा उपचार गराउँदा विशेष सहुलियत पाउनेछन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले महिला स्वास्थ्यका थुप्रै कार्यक्रम नेपाल मेडिसिटीमा उपलब्ध भएकाले महिलामैत्री संस्थालाई साथ दिन अस्पताल तयार रहेको बताए । संस्थाका अध्यक्ष शाक्यले महिला सक्षम बन्नका लागि स्वास्थ्य अवस्था पनि बलियो हुन आवश्यक रहेकाले मेडिसिटीसँग सहकार्य गरिएको बताइन् ।