काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खोजी सूचीमा रहेकालाई धमाधम पक्रँदै धनुषा प्रहरी

16.78K
shares

जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट अपराध गरेको ठहर भएका तथा फरार अन्य अभियुक्तहरुलाई पक्रने कार्यलाई तिव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख अर्थात प्रहरी उपरीक्षक गोविन्द थपलिया कार्यभार सम्भालेदेखि अदालतबाट कसुर सजाय पाएर र घटना गराएर फरारहरुको खोजी कार्य गरी सजाय दिलाउने कार्यलाई तिव्रता दिएको पाइन्छ ।

२०७५ साल बैशाखदेखि मंसिरसम्ममा ३७ जना फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी अदालतमा पेश गराउँदै अदालतकै आदेशानुसार कार्बाहीको लागि चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार २०७५ बैशाख महीनादेखि विभिन्न मुद्धामाका फरार रहेका २५ जना प्रतिवादी तथा अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा पेश गरी कार्बाही गराइएको छ ।

यता, विभिन्न मुद्धामा अदालतले कसुरदार ठहर गरी सजाय सुनाएपछि फरारकै सूचीमा रहेका १२ जनालाई पक्राउ गरि अदालतमा पेश गरी अदालतकै आदेशानुसार करागार चलान गरेको छ ।

प्रहरीको फरार सूचीमा रहेर पक्राउ नपरेकाहरुको खोजी गरिने क्रममा सवारी ज्यान मुद्धामा धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका-७ बस्ने २१ वर्षको विरेन्द्र सहनी, जबर्जस्तीकरणीका मुद्धामा फरार शहिदनगर नगरपालिका-३ बस्ने मोहन मन्डल, मानव वेचविखन तथा ओसार पसार मुद्धामा जनकपुरधाम उपमहानगरपालिका-१३ बस्ने आनन्द साह हलुवाई, ज्यान मार्ने उद्योगको मुद्दाका जनकपुरधाम उपमहानगरपालिका-१७ बस्ने मोहन कुमार मुखिया, कर्तब्य ज्यान मुद्धाका कमला न.पा.२ का कारी यादव, सवैला न.पा.-१३ का मोल्हा मन्डलको छोरा ६० वर्षीय मोती मन्डल धानुक, आगो लगाउने मुद्धाका जनकपुरधाम उ.म.न.पा. १३ का पच्चु राउत, लागु औषध मुद्धामा जनकपुर-२ का कुशकुमार साह, सवारी ज्यान मुद्धामा सिरहा जिल्ला विष्णुपुर गा.पा.४ बस्ने छेदी यादव, कर्तव्य ज्यान मुद्धामा महोत्तरी सिग्याही घर भई हल धनुषाको लक्ष्मीनियाँ गा.पा.३ बस्ने २६ वर्षको अमन यादव, सरकारी कागज किर्तेमा जनकपुर २४ वस्ने ६० वर्षीय अशोक कुमार शर्मा, जनकपुरधाम ८ बस्ने ४६ वर्षको रत्नसागरका महन्थ बैकुण्ठ दास बैष्णव रहेका छन ।

अपहरण तथा जर्वरजस्तीकरणमा धनुषाधाम न.पा.४ बस्ने १९ वर्षको रोशन यादव, ठगी मुद्धाका जनकपुरधाम ४ बस्ने ३१ वर्षको गणेश साह, बैकिङ कसुरमा क्षिरेश्वरनाथ न.पा १० बस्ने राहुल कुमार कर्ण, ज्यान मार्ने उधोगमा जनकपुरधाम १२ बस्ने १९ वर्षको मोहम्मद जवार साफी,  सवारी अङभङ कसुरमा मिथिला नगरपालिका १० बस्ने राकेश कुमार अधिकारी, कर्तव्य ज्यान मुद्धामा जनकपुरधाम १९ वस्ने ३७ वर्षको श्याम भन्ने प्रेमकुमार यादव, डाका मुद्धाका धनौजी गा.पा.३ बस्ने २४ वर्षको राकेश मन्डल, ठगी मुद्धामा जनकपुरधाम ८ बस्ने दिपेन्द्र कुमार मन्डल, अपराधी प्रवेश मुद्धाका फरार अभियुक्त रहेका नगराइन नगरपालिका ५ बस्ने ६० वर्षको राजकुमार मन्डल, अपमानजनक व्यवहार मुद्धामा धनौजी गा.पा. ५ बस्ने विन्दे भन्ने विन्देश्वर मंडल, कुटपिट तथा लुटपाट घटनामा संलग्न भई फरार रहेका जनकपुरधाम २३ बस्ने ४७ वर्षका शम्भुनाथ झा लगायत छन् ।

अदालतबाट कसुर सजाय र विगो मुद्धाका १२ जना अभियुक्तलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।