काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से ५० अंक बढ्यो, झन्डै चार अर्बको कारोबार

14.03K
shares

राष्ट्र बैंकको सक्रियतामा ब्याजदरमा सीमा कायम गर्ने सहमतिसँगै मुद्रा तथा पुँजीबजारका समस्या समाधानमा अर्थ मन्त्रालयले अग्रसरता देखाएपछि सेयर बजारले सकारात्मक दिशा समातेको छ । सरकारी गम्भीरतासँगै २९ महिनादेखि लगातारजसो नकारात्मक बन्दै आएको बजार यो सातादेखि उकालो लाग्न थालेको हो ।

साताभरमा पुग नपुग एक अर्बको कारोबार भइरहेको बजार अर्थ मन्त्रालय र राष्ट्र बैंकको सक्रियतासँगै झन्डै चार अर्बको भएको छ । साताभरमा सेयर बजार परिसूचक नेप्से ५० अंकले बढेको छ भने ३ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार ११६५.९४ अंकबाट कारोबार सुरु भएको बजार ४९.२२ अंकले बढेर १२१५.१६ अंकमा आइपुगेको छ ।

सेयर बजारमा सूचीकृत अधिकांश समूह उकालो लागेका छन् भने जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त समूह बढी उचालिएका छन् । बजारमा सबैभन्दा बलियो उपस्थिति रहेको र नियमनका हिसाबले पनि चुस्त बैंक समूह विगतकै ढंगले सुस्त गतिमा बढेको छ ।

एकैदिन १ अर्ब १२ करोडको कारोबार
बजारमा रौनक बढ्दै जाँदा एकै दिन १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ८७ करोड, सोमबार ७९ करोड, मंगलबार ४२ करोड, बुधबार ६९ करोड र बिहीबार १ अर्ब १२ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजारले करिब २९ महिनापछि देखि सकारात्मक संकेत देखाएको हो ।

‘बुलिस मुभ’
सेयर विश्लेषकहरुले पनि बजारले ‘बुलिस मुभ’ लिनसक्ने बताइरहेका छन् । १० वर्षपछिको प्राविधिक उन्नतिले पनि लगानीकर्तामा आशा जगाएको उनीहरुको बुझाइ छ । अनलाइन ट्रेडिङ स्वचालित रुपमा सञ्चालनमा आएपछि बजार व्यापक विस्तार हुने अपेक्षाका बीच लगानीकर्ता उत्साहित देखिएका छन् । सेयर बजार विश्लेषक रविन्द्र भट्टराई अबको बजारको दीर्घकालीन दिशा बुलिस नै भएको बताउँछन् । ‘नेप्सेको अबको बुलिस मुभले यसअघिका उच्च विन्दुलाई उछिनेर माथि जान्छ, तर केही समय भने लाग्नेछ,’ उनले भने, ‘बजारमा रातारात केही भइहाल्छ भनेर अपेक्षा गर्नु एकदमै गलत हुन्छ ।’

अनलाइन कारोबारप्रति भने भट्टराई त्यति विश्वस्त छैनन् । ‘प्रविधि र काम गराइको तरिकाबीच कुनै तादात्म्यता नदेखिएकाले अनलाइन ट्रेडिङप्रति खासै भरोसा गर्न सकिन्न,’ न्युज कारोबारसँग उनले भने, ‘तर काम गर्ने तरिका करेक्सन गर्ने हो भने सम्भावना धेरै छ, अप्रत्यासित नतिजा आउन सक्छ ।’

लगानीकर्ताहरुको संस्था इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल पनि बजारले सकरात्मक दिशा समातेको बताए । ‘कारोबार भोल्युम, नम्बर अफ ट्रेडिङ र नेप्से परिसूचकबाट पनि बजारप्रति लगानीकर्ताको कन्फिडेन्स बढेको देखाउँछ,’ उनले भने, ‘तर सेयर बजारको मुभमेन्ट म्याराथन दौड नभएर सगरमाथाको चढाइ हो भन्ने कुरा कहिल्यै बिर्सिनु हुँदैन ।’

बजारले किन लियो सकारात्मक मुभ ?
सेयर विश्लेषक भट्टराई सरकारी सक्रियता, मुख्यतः ब्याजदर सीमा र मार्जिन लोनको सीमावृद्धिको तत्कालीन प्रभाव बजारमा देखिएको बताउँछन् । ‘दीर्घकालमा कम्पनीको नाफा र अर्थतन्त्रमा हुने सुधारले बजार वृद्धिमा मुख्य भूमिका खेल्छ, दुई–चार दिन बजार बढ्दैमा धेरै अपेक्षा गरिहाल्न भने हुँदैन,’ लगानीकर्तालाई सजग गराउँदै उनले भने ।

इन्भेस्टर्स फोरमका अध्यक्ष पौडेल पनि भट्टराईको तर्कमा सहमत छन् । बजार साँच्चिकै न्यूनतम विन्दुमा ओर्लिएकाले बढ्न थालेको उनले बताए । ‘केही अघिसम्म सरकार नै अन्योलमा थियो तर बजार साँच्चै तल झर्यो, अब केही गर्नै निष्कर्षमा जब सरकार पुग्यो, त्यसको सीधा प्रभाव बजारमा पर्यो,’ उनले भने, ‘पुँजीबजारप्रति सरकारले देखाएको गम्भीरताले बजारलाई सकारात्मक गति प्रदान गरेको छ ।’

 

यो पनि पढ्नुहोस्

घटेको बेला यसरी लिने सेयर बजारबाट फाइदा, १० सुझाव