काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश-१ : गोलभेंडा निर्यात गरेर ‘टोम्याटो पाउडर’ आयात

14.99K
shares

नेपालमा व्यावसायिक खेतीको प्रचलन बढेसँगै उत्पादन वृद्धि भएका कारण प्रदेश-१ बाट चालु आर्थिक वर्षको पाँच महिनामा झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको गोलभेंडा भारत निर्यात भएको छ ।

भारत गोलभेडा निर्यात हुने क्रम देखिए पनि भारतबाट बार्षिक ३४ करोड ४७ लाख रुपैयाँ मूल्य बराबरको ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात भएको छ । अहिले पनि भारत लगायत अन्य मुलुकबाट ठूलो परिमाणमा ‘टोम्याटो पेष्ट र टोम्याटो सस’को आयात भइरहेको छ । जसका कारण प्रदेश-१ मा उत्पादित काँचो गोलभेडाले बजार पाउँन सकेको छैन ।

कतिपय अवस्थामा भारतले नेपालमा उत्पादित गोलभेडा निर्यातमा विभिन्न बहानामा रोक लगाउने क्रम अझै पनि भईरहेको छ । भारततर्फ गोलभेडा निर्यात हुन थालेपछि भदौ अन्तिमतिर निर्यातजन्य सूचिमा सूचिकृत नभएको भन्दै भारतले गोलभेडा रोक लगाएको थियो ।

प्रदेश सरकारको प्रयसबाट तत्कालका लागि गोलभेडा निकासी खुले पनि दीर्घकालीन रुपमा भने समस्या समाधान भइसकेको छैन । नेपालमा उत्पादन भएको गोलभेडा पहिलो पटक मेची भन्सार भएर भारत निर्यात भए पनि उत्साहित हुनुपर्ने अवस्था भने छैन ।

प्रदेश-१ मा सस उत्पादनका लागि भनेर खोलिएका उद्योगहरु धेरै छन् । उनीहरुले ठूलो परिमाणमा गोलभेडाको पाउडर र तयारी सस् भारत, भुटान र अन्य तेस्रो मुलुकबाट आयात गर्ने गरेका छन् ।

स्थानीय कृषि उत्पादनमा आधारित भनेर खोलिएका त्यस्ता उद्योगहरुले स्थानीय उत्पादन खरिद नगरेपछि किसानहरुले उचित बजार पाउन सकेका छैनन् । अचार र सस् उत्पादनमा नेपालमै नाम चलेको उद्योग रिजाल टाँसीका व्यवस्थापक खेलनारायण पराजुलीले मूल्य अन्तरका कारण भारतबाट गोलभेडाको पाउडर तथा अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताए ।

एउटा सस् बनाउने उद्योग रिजाल टासीले वार्षिक ७० हजार किलो टमाटरको सस बजारमा खपत गर्दै आएको छ ।

 

प्रदेश-१ काँचो गोलभेडामा आत्मनिर्भर

काँचो गोलभेडा उत्पादन र उपभोगमा प्रदेश-१ आत्मनिर्भर भएको छ । कुल उत्पादनको ८९ सय प्रतिशत काँचो टमटर प्रदेश-१ मा उत्पादन भएको तथ्यांकले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल १० हजार ७७५ हेक्टर क्षेत्रमा काँचो गोलभेडा हुने गरेको छ । वार्षिक १ लाख ५५ हजार ८८ मेट्रिक टन काँचो गोलभेडा  उत्पादन हुने गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश-१ का वरिष्ठ कृषि विकास अधिकृत वद्री दाहालका अनुसार प्रदेश-१ काँचो गोलभेडा उत्पादनमा अरू प्रदेशभन्दा अगाडि छ ।

प्रदेशमा मात्र ४ हजार ५ सय ५९ हेक्टरमा गोलभेडा खेती हुँदै आएको छ । जसमा कुल वार्षिक उत्पादन भने ९४ हजार ४६६ मेट्रिकटन उत्पादन रहेको छ । प्रदेशमा सबैभन्दा बढी धनकुटामा मात्र १३ सय ७५ हेक्टरमा लगाइएको गोलभेडा खेतीबाट वार्षिक ४७ हजार ७५० मेट्रिक टन गोलभोडा उत्पादन हुने गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेश-१ को तराई तथा भित्री मधेसका साथै मध्यवर्ती पहाड क्षेत्रमा गोलभेडाको खेती हुने गरेको छ । तर पनि गोलभेडाबाट सस बनाउने उद्योगहरुले अहिले पनि अर्धप्रशोधित टोम्याटो डष्ट, पेष्ट र सस् नै आयात गरेर बजारमा बिक्री वितरण गरिरहेका छन् । यसले गर्दा किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएका कारण भारतमा निकासी गर्ने विकल्प तयार भएको हो ।

 

निर्यात भन्दा आयात बढी

मेची भन्सार भएर यो वर्षदेखि गोलभेडा भारत तर्फ निर्यात हुन थालेको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार ४ सय किलो गोलभेडा भारत निर्यात गरेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ५ लाख ४ हजार किलोग्राम भारत निर्यात भएको जनाएको छ ।

सोही भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ६ करोड ४५ लाख रुपैयाँ बराबरको १० लाख ३२ हजार किलो टोम्याटो पाउडर आयात भएको थियो । तयारी सस ४ हजार ५ सय किलो आयात भएको भन्सार कार्यालयका अधिकृत किरण अर्यालले जानकारी दिए । यस्तै विराटनगर भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा ४ करोड ७२ लाख रुपैयाँ बराबरको ४ लाख ९८ हजार ३ सय २७ किलो टोम्याटो पाउडर आयात भएको थियो ।

अघिल्लो वर्ष वीरगञ्ज भन्सार नाकाबाट २३ करोड रुपैयाँ बराबरको गोलभेडा पाउडर आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

 

प्रदेश सरकारको ध्यान आन्तरिक उत्पादनमा

प्रदेश सरकारले प्रदेश-१ मा नै ठूलो परिणाममा काँचो गोलभेडा उत्पादन भए पनि उचित बजार नपाएपछि गोलभेडाको बजारीकरणको लागि आन्तरिक उद्योग स्थापना गर्ने योजना बनाएको छ । भारत तथा तेश्रो मुलुकबाट कार्षिक ठूलो परिणममा आयात भइरहेको सस् तथा पाउडर विस्थापित गर्ने योजनासहित सस उद्योगहरुले आफ्नै कच्चा पदार्थ प्रयोग गर्ने वातावरण तयार पार्न सरकारले गृहकार्य शुरु गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विदेशबाट आयात हुने ससको परिमाण घटाउन आन्तरिक उद्योग स्थापना र उत्पादनमा जोड दिएर गोलभेडा नेपाली बजारमा नै खपत गर्ने तर्फ सरकारको ध्यान रहेको बताए । सस् तथा पाउडर उत्पादन गर्ने उद्योग स्थापना गर्न सके गोलभेडाको व्यवसायिक खेती प्रवद्र्धन गरी किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।