काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजधानीमै बोक्सीको आरोपमा कुटिइन् किशोरी

20.92K
shares

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक किशोरी आफ्नै सानीमाबाट बोक्सीको आरोपमा कुटिएकी छिन् । वीरेन्द्रनगर नगरपालिका–२ गुप्तीपुर सुर्खेतकी १८ वर्षीय अमृता बुढालाई उनकी सानीमाले आफ्नै घरमा करिब तीन घण्टा कुटेकी थिइन् ।

सानीमाको कुटाइबाट घाइते भएकी अमृतालाई स्थानीय देउती नर्सिङ्ग अस्पतालमा उपचारपछि शुक्रबार घर फर्काइएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे बस्ने २५ वर्षीया अमृताकी सानीमा कृष्णा काफ्लेले ‘मेरी छोरी तेरो कारणले बिरामी भई’ भन्दै कुटेको पीडित अमृताले बताएकी छिन् ।

गत पुष ७ गते अमृता बिरामी छिन् भनी कृष्णाले दिदी टिका बुढालाई फोन गरेकी थिईन् । छोरी बिरामी भएको खबर पाउनासाथ टिका बुढा बहिनीको घर गएकी थिइन् ।

तर आफू त्यहाँ जाँदा बहिनीकी ५ वर्षीय छोरी बिरामी भएको र आºनी छोरी अमृता बिरामी नभएको पाएको टिकाले बताइन् ।

‘७ गते राति अलिअली कुटे पनि अन्टीले मलाई ८ गते राती करिब १ बजे देखी ३ बजेसम्म तातो पनिउले तताएर शरीर भरी कुट्नुभयो’ अमृताले भनिन् ।

‘म करिब १ वर्षदेखि अन्टीकै घरमा बस्दै आएकी छु । म बिरामी नभई आन्टीकी छोरी बिरामी थिई । तर अन्टीले मलाई कुट्नुभयो,’ उनले भनिन्, ‘लगातर तीन घण्टासम्म उहाँले मलाई कुट्दा शरीर भरी नील डाम र तातो पनिउले पोलेको छ ।’

‘पहिला त मलाई मायाँ गर्नुहुन्थ्यो । बहिनी बिरामी हुँदा म रोएकी थिए तर अन्टीले यो अमृता रोएकी होइन् यसको मशान रोएको हो भन्दै मलाई कुट्नुभयो,’ उनले भनिन्, ‘अन्टी बचाउनु भन्दा झन् कुट्दा मेरो यस्तो हाल भएको हो ।’

आफ्नै साइली सानीमाको कुटाइबाट सक्त घाइते भएकी अमृताले आफुलाई उपचार नगरिदिएको र उपचारको खर्च समेत दिनुपर्ने बताइन् ।

उता अमृताकी आमाले भने आफ्नै साईली बहिनीलाई कसरी सजाय दिनु ? भन्दै धर्मसंकटमा परेको बताएकी छन् ।

‘मेरी आफ्नै साइली बहिनी हो । पहिला पनि अमृता उसको घरमा बसेर सिलाई कटाई सिक्थी । तर यसपटक अमृतालाई उसले कुट्दा म पनि संगै थिए । मलाइ पनि केही लागेको हो कि भन्ने लाग्यो,’ अमृताकी आमाले भनिन्, ‘गाँउमा धामीले कुट्दा यस्तो घाउ नदेखिने भएकोले कुट्न दिए ।’

‘मलाई धर्मसंकट परेको छ । बहिनी ज्वाई जेलमा छन् । केश मैले पनि हालेको होईन,’ उनी भन्छिन्, ‘छोरीमाथी भएको व्यवहार पनि असामाजिक हो । म धर्मसंकटमा परेकी छु ।’

उता पिडक कृष्णा काफ्लेले अमृतालाई आफूले मात्रै नभई दिदी टिका बुढाले पनि कुटेको आरोप लगाएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पिडक २५ वर्षीय कृष्णा काºले र उनका श्रीमान् कृष्णप्रसाद काफ्लेलाई नियन्त्रणमा लिई बयान लिइरहेको बताएको छ ।