बुटवलमा प्रथम सडक खाना महोत्सवको तयारी पूरा
वि.सं.२०७५ पुस १४ शनिवार ००:३०
shares

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजानमा अग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा सडक खाना महोत्सव हुने भएको छ ।
मेला आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी सडक खाना महोत्सवको तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष समुन्द्र जिसीले खाना महोत्सवलाई बुटवलकै गौरवको रुपमा अगाडि बढाउने बताए ।
यहि पुस १५ र १६ गते गरी दुई दिन हुने सडक खाना महोत्व बुटवल ९ र १ मा पर्ने तीनकुने चोकदेखि होराईजन चोक सम्म लाग्नेछ । मेलामा ५० वटा विभिन्न खानाका परिकारहरुको स्टल रहनुको साथै मेला अवधीभर विभिन्न प्रतियोगीता, सांस्कृतिक कार्यक्रम आयोजना गरिने अध्यक्ष जिसीले जानकारी दिए ।

























