काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा २४ सै घण्टा व्यवसाय गर्ने वातावरण बनाउछु : मुख्यमन्त्री

10.02K
shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा २४ घण्टा व्यवसाय सञ्चालनको वातावरण तयार पार्ने बताएका छन् । शुक्रबारदेखि पोखरामा सुरु भएको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै गुरुङले पोखरालाई प्रदेशको पर्यटनको राजधानी बनाउने तयारी भएकोले त्यसको लागि पनि पोखरामा २४ सै घण्टा व्यवसायको विकास गर्न चाहेकोे बताएका हुन् ।

पोखरा पर्यटकीय राजधानी भएसँगै यहाँ २४ घण्टा व्यवसाय संचालन हुनुपर्ने उनको भनाई थियो । ‘जसरी हामीले ठूलो छलफल विना प्रदेश राजधानी पोखरा बनाउन सफल भयौं, त्यसै गरी अब पोखरालाई पर्यटकीय राजधानीको रुपमा पनि हामीले विकास गर्न चाहेका हौं,’ उनले भने, ‘पर्यटकीय राजधानि भएसँगै पोखरामा विकासका धेरै पूर्वाधार आवश्यक पर्छन् ।’