फिनल्यान्डको खाडीमा रूसी जहाजमाथि ड्रोन आक्रमण
वि.सं.२०८३ मंसिर ६ आइतवार २१:४२
shares

फिनल्यान्डको खाडीमा रूसी व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएपछि युक्रेन युद्ध आफ्नो देशको नजिक फैलिएको फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले बताएको छन् । उनले युक्रेनलाई आक्रमणकारीविरुद्ध प्रतिकार गर्ने अधिकार रहेको पनि उल्लेख गरेका छन् ।
युक्रेनले प्रक्षेपण गरेको आशङ्का गरिएको ड्रोनको प्रहारबाट क्षतिग्रस्त रूसी जहाज स्पार्टा–२ का चालक दलका सदस्यलाई नजिकैको कार्गो जहाजमा सारिएको छ । दक्षिणी फिनल्यान्डको लोभिसानजिकै लङ्गर गरिएको जहाजमा लागेको आगो निभाउने कार्य जारी रहेको र रूसी उद्धार जहाज मुर्मन पनि उद्धारमा खटिएको अधिकारीहरूले बताएका छन् ।
फिनल्यान्डको रक्षा मन्त्रालयका अनुसार शनिबार बिहान अन्तर्राष्ट्रिय जलक्षेत्रमा रूसी जहाजलाई लक्षित गरी ड्रोन आक्रमण भएको पत्ता लागेको थियो । घटनापछि सीमा सुरक्षा बलका टोली परिचालन गर्नुका साथै खाडीको पूर्वी क्षेत्रमा हवाई तथा समुद्री यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रपति अलेक्जान्डर स्टबले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै सुरक्षा निकाय र प्रमुख साझेदार राष्ट्रसँग समन्वय भइरहेको जानकारी दिनुभएको छ । उनले अधिकारीहरूको शीघ्र र व्यावसायिक प्रतिक्रियाको प्रशंसा गर्दै फिनल्यान्डको सुरक्षा सुनिश्चित रहेको बताएको छन् ।

























