काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनस्निर्माण गर्नुपर्ने

315
shares

त्रिशूली। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनस्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएको छन् ।

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकनपछि उनले जोखिमको प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुनस्निर्माण गर्नुपर्ने धारणा राखे ।

प्रभावित बासिन्दाले वर्षौँदेखि बसोबास गर्दै आएको पुख्र्यौली थातथलो छाड्न नचाहेको र बेत्रावती, त्रिशूली तथा देवीघाटका बासिन्दाले जोखिम न्यूनीकरण गरेर सोही क्षेत्रमा बस्ती पुनस्निर्माण गर्न माग गरेको उल्लेख गर्दै उहाँले स्थानीयको भावना र सुरक्षालाई ध्यान दिनुपर्ने बताए ।

सभापति थापाले पुनस्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनस्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । उनले सडक, पुल, विद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनाको पुनस्निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई पनि पुनस्स्थापनाको योजनामा समेट्नुपर्ने बताए ।

सरकारले पुनस्निर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने उनको भनाइ थियो । पुनस्निर्माण र पुनस्स्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने बताए ।

उनले रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा–नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मको प्रभावित क्षेत्रको अवलोकन गरे। सो क्रममा नदीको उच्च बहावबाट क्षति पुगेका नदी किनार तथा आसपासका बस्तीको पुनस्निर्माण गर्दा भविष्यमा हुन सक्ने जोखिमको प्राविधिक अध्ययनलाई आधार बनाउनुपर्ने उनले बताए ।
अवलोकनका क्रममा सभापति थापाले स्थानीय तहका जनप्रतिनिधिसँग विपद्पछिको अवस्था, राहत तथा पुनस्स्थापनाका काम र पुनर्निर्माणका प्राथमिकताबारे जानकारी लिए । उनले प्रभावित बासिन्दासँग छलफल गर्नुका साथै उनीहरू अस्थायी रूपमा बसोबास गरिरहेका आवास केन्द्रको पनि अवलोकन गरे ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती, सडक, पुल, विद्युत् आयोजना, निजी आवास तथा व्यावसायिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढी प्रभावितको स्थायी पुनस्स्थापना, सुरक्षित आवास निर्माण र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सभापति थापालाई जानकारी गराए ।