काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आगलागीबाट डेढ करोडको क्षति

12.94K
shares

झापाको मेचीनगर-१० भानुटोलमा भएको आगलागीमा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट २० घर जलेर पूरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम्बूको घरबाट शुरु भएको आगलागीमा शुरुमै ग्यास सिलिण्डर विष्फोट हुँदा आगो चारैतिर अनियन्त्रित भएर फैलिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।

शुक्रबार बिहानै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मेचीनगरले अग्निपीडितमध्ये विस्थापित भएका १६ परिवारलाई नगद १० हजार र अन्यत्र बसोबास भएका चार परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेको अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

यसैगरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरमार्फत प्रति परिवार दुई थान त्रिपाल, दुई थान कम्बल, १७ मिटर कपडा, एउटा साडी र एक सेट भाडाकुँडा वितरण गरिएको उपशाखाकी अध्यक्ष कुसुम कोइरालाले जानकारी दिए ।

आगलागी स्थलमा पुगी शुक्रबार बिहान प्रदेश सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, नेकपाका प्रदेश सदस्य विष्णु प्रसाईलगायतले पीडितसँग भेटघाट गर्नुभएको छ ।

प्रजिअ दाहालले जिल्लाको विपद् कोषबाट नगरपालिकामार्फत प्रत्येक परिवारलाई १० हजारका दरले राहत दिइने बताए ।