काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश ५ मा ‘मुख्यमन्त्री एक दिन कक्षा कोठामा’ अभियान

16.02K
shares

प्रदेश ५ का  विद्यालयमा ‘मुख्यमन्त्री एक दिन कक्षाकोठामा’ कार्यक्रम सुरु भएको छ । अभियानको मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोला कक्षा १० ‘ए’मा पढाउँदै कार्यक्रमको शुभारम्भ गरे ।

मुख्यमन्त्रीसँगै विद्यालय पुगेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे कक्षा १० को ‘बी’ र प्रदेशसभा सदस्य उत्तरकुमार वली कक्षा ८ मा पढाएर कार्यक्रममा सहभागी भए । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई समधुर बनाएर शैक्षिक गुणस्तर उकास्न यो अभियान अघि बढाएको जनाएको छ ।

अब सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुवात भएको मुख्यमन्त्रीले बताए । ‘अब सबै अभिभावक वर्षमा एक पटक विद्यालय आउने र पढाउन सक्ने अभिभावकले पढाउनुहुन्छ, अन्य प्रतिभा भएका अभिभावकले प्रतिभा देखाउनुहुन्छ,’ उनले भने ।

यसरी अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उनको भनाइ छ । समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकारको अपेक्षा छ ।

तुलसीपुर उपमहानगरपालिकाबाट सुरु भएको यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पुर्याइने मुख्यमन्त्री पोख्रेलले बताए । सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षणको केन्द्र बनाउनुपर्ने उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तर वृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।