global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खाता खोल्नेलाई बैंकले १०० रुपैयाँ दिन्छ

खाता खोल्नेलाई बैंकले १०० रुपैयाँ दिन्छ

खाता खोल्नेलाई बैंकले १०० रुपैयाँ दिन्छ

सरकारले देशैभर ‘खोलौं बैंक खाता’ अभियान गरेको छ । नयाँ वर्ष २०७६ को पहिलो दिनबाट ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो । बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपि ओलीले राष्ट्रियसभा गृहबाट गरेका छन् ।

अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा अभियान सुरु गरिएको हो । नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पनि पाउने छन् ।

खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई १ सय रुपैयाँ राखिदिएर ग्राहकहरुको बैंक खाता खोलिदिन भनेकाे छ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु