राजपाको संयोजकमा अनिलकुमार झा
वि.सं.२०७६ जेठ ६ सोमवार १६:५८
shares

राष्ट्रिय जनता पार्टी (राजपा) को संयोजकको जिम्मेवारी आजदेखि अनिलकुमार झाले सम्हाल्दैछन् । चक्रीय प्रणाली अनुसार संयोजकको जिम्मेवारी झाले पाएका हुन् ।
विभिन्न ६ मधेशवादी दल मिलेर राजपा गठन भएको थियो । महाधिवेशन नभएसम्म अनुसार राजपाको संयोजक चक्रिय प्रणाली अनुसार हुने नेताहरुले बताएका छन् ।
पार्टी एकता भएदेखि अहिलेसम्म पाँच जना संयोजक भएका छन् ।पार्टी एकता भएको दुई बर्षमा पनि राजपाको महाधिवेशन हुन सकेको छैन । अहिलेसम्म राजपाको संयोजकमा, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारीले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हालिसकेका छन् । भण्डारीपछि झाले संयोजकको पालो पाएका हुन् ।राजपा प्रतिनिधिसभाको तेस्रो ठूलो दल हो ।

























