महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश
वि.सं.२०७६ जेठ ६ सोमवार १९:३०
shares

प्रतिनिधिसभाको बैठकमा महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन, २०७५ पेश भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदनमा पेश गरेका हुन् ।
मन्त्री ढकालले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरे ।
बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष (आव) ०७६÷७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५/७६ पेश गरे । रासस

























