काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रहरी समायोजन र औद्योगिक व्यवसाय विधेयक सदनमा पेश

13.61K
shares

संघीय संसदमा औद्योगिक व्यवसाय विधेयक, २०७५ र प्रहरी समायोजना विधेयक,२०७५ पेश भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले औद्योगिक व्यवसाय विधेयक प्रस्तुत गरेका हुन् ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक,२०७५ सदनमा पेश गरेका हुन् । विधेयक पशे गर्दै गृहमन्त्री थापाले संघ प्रदेश र स्थानीय तहमा प्रहरी समायोजना गर्नुपर्ने भएकाले सो विधेयक आवश्यक रहेको बताए ।

त्यस्तै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेको बताए ।