काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

10.4K
shares

अंगभंग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका-४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अंगभंग मुद्दामा यादवलाई जिल्ला अदालतबाट छ महिना कैद तथा ५ हजार २ रुपैयाँ जरिवाना तोकिएको थियो ।

अवैध राँगा नियन्त्रणमा

भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको राँगा सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले बुधबार साँझ नेपालतर्फ अवैध तरिकाले ल्याउँदै गरेका पाँच राँगा नियन्त्रणमा लिएको हो ।

२० हजार रुपैयाँ मूल्य बराबरका ती राँगा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय माडर सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । (रासस)