काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निजी विद्यालयलाई बढाइएको शुल्क ब्याजसहित फर्काउन आदेश

13.19K
shares

भारतको राजधानी दिल्लीका १२ निजी विद्यालयहरूले बढाएर उठाएको शुल्क ९ प्रतिशत ब्याजसहित फर्काउनुपर्ने भएको छ । दिल्लीको उच्च अदालतका तर्फबाट गठित समितिले जुलाई-अगस्तको अन्तरिम प्रतिवेदन शिक्षा निर्देशनालयलाई हस्तान्तरण गरेको छ । शिक्षा निर्देशनालयले क्षेत्रीय निर्देशकहरूलाई तोकिएका १२ विद्यालयलाई आवश्यक आदेश जारी गर्न अनुरोध गरेको छ ।

शिक्षा निर्देशनालयले सबै क्षेत्रीय निर्देशकहरूलाई यससम्बन्धी एक सर्कुलर जारी गरेको छ । अमरउजालाका अनुसार सर्कुलरमा समितिले दिएको रिपोर्टमा उल्लेख भएअनुसार ब्याजसहित फिर्ता गराउन भनिएको छ ।

समितिले प्रतिवेदनमा पहिचान गरेका १२ निजी विद्यालयहरूले तोकिएको वार्षिक ब्याजसहित रकम फिर्ता गर्नेछन् । यसै सन्दर्भमा निर्देशनालयले सम्बन्धित क्षेत्रीय निर्देशकहरूलाई तोकिएका निजी विद्यालयहरूलाई समितिको सिफारिसअनुसार आवश्यक आदेश जारी गर्न भनेका छन् ।

समितिको सिफारिस पालनाको सुनिश्चत गर्न सिफारिस कार्यान्वयन भएको रिपोर्ट पनि प्रस्तुत गर्न भनिएको छ । विद्यालयमा शुल्क बढाउनुपर्ने कारण पत्ता लगाउन समयसमयमा बनाइएका समितिले समीक्षा गरेर आफ्नो रिपोर्ट दिने गर्छन् ।