global ime bank Long Banner Ad

गृहपृष्ठ विन नेपाल लघुवित्त १२ औं वर्षमा

विन नेपाल लघुवित्त १२ औं वर्षमा

विन नेपाल लघुवित्त १२ औं वर्षमा

विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल द्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा लगायतका संस्थाका प्रतिनिधिहरुले विशेष विद्यालयमा पुगेर सो सामग्रीहरु वितरण गरेका थिए ।

ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लामा २१ वटा शाखा सञ्चालन गर्दै आएको छ । काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाको आठ करोड त्रिचालीस लाख चालीस हजार पाँच सय पचास शेयर पुँजी रहेको तथ्यांक उक्त संस्थाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु