global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के।सी। र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न भएको हो ।

क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा र आसपासका क्षेत्रबाट उल्लेखिय संख्यामा अभिकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै यस कार्यक्रमले थप ऊर्जा र उत्साह थप्ने धारणा राख्नुको साथै सम्मानित अभिकर्ताहरूले कम्पनीको भाबी योजना र लक्ष्यमा योगदान दिने प्रतिबद्धता जनाएका थिए ।

लघु बीमाको बजारीकरणमा अभिकर्ताको भुमिकाको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के।सी।ले धारण व्यक्त गरेको थियो । बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनु पर्ने योजनाबारे जानकारी दिएको थियो ।

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु