global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवाको नयाँ निक्षेप योजना : के हो अल्फा ग्रो र विशिष्ट खाता

कामना सेवाको नयाँ निक्षेप योजना : के हो अल्फा ग्रो र विशिष्ट खाता

कामना सेवाको नयाँ निक्षेप योजना : के हो अल्फा ग्रो र विशिष्ट खाता

“नियमित निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने मात्र नभई हामीले हरेक निक्षेप योजनामा केही न केही विशिष्टीकृत सेवाहरु थपेका छौं । जिवन बीमा नै गर्ने योजना भएको खाता ल्याउने बैंक पनी हामी पहिलो नै होला । विश्वका विकशित देशहरुमा जस्तै हामीले डोर स्टेप बैंकिङको थालनी गरि सकेका छौं ।”

बजारमा अहिले कामना सेवाले नयाँ नयाँ योजना ल्याएर बैंकिङ बजारलाई चलायमान बनाउदै छ भन्छन्, के हो खासमा तपाईहरुले संचालनमा ल्याएका अल्फा ग्रो र विशिष्ट खाता ?

हामीले अबको बैंकिङ भनेको केवल निक्षेप संकलन र कर्जा प्रवाहमा मात्र आधारित भएर हुदैन, खाता खोल्दा ग्राहकले नविनतम् सेवा सुविधाहरु समेत पाउनुपर्छ भन्ने सोचेर नयाँ निक्षेप योजनाहरु ल्याएका हौं । बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा हामीले वालवालिकाको सुरक्षित भविष्यको लागि भनेर “अल्फा ग्रो वचत खाता” संचालनमा ल्याएका छौ । यो खाता खोल्नको लागि १८ वर्ष भन्दा कम उमेरको हुनुपर्दछ , जुन खाता खोले पश्चात बैंकले आकर्षक खुत्रुके जुन विशिष्ट प्रकारको छ त्यो उपलव्ध गराउँदछ । यो खातामा थप १ लाख बचत पुगे पश्चात बैंकले प्रस्तावकको ५० हजार रुपैया सम्मको जीवन बीमा नै गरिदिन्छ जसको वार्षिक प्रिमियम बैंकले नै तिरिदिन्छ ।

त्यस्तै गरि हामीले संचालनमा ल्याएको विशिष्ट वचत खाता भनेको डोर स्टेप बैंकिङ सर्भिस समेतको बचत खाता हो । जस अन्तर्गत व्यस्त दैनिकी हुने, बैंकसम्म आउनलाई गाह्रो हुने ग्राहकहरुले घरमै बसेर लिन सकिने बैंकिङ सेवा हो । यो सेवा कामना सेवा विकास बैंकको मोवाईल बैंकिङ एप मार्फत् रिक्वेस्ट गर्न सकिन्छ । त्यस्तो रिक्वेस्ट प्राप्त भए पश्चात बैंकले आफ्नो प्रतिनिधी खटाई ग्राहकले गरेको अनुरोध ग्राहकले भनेकै स्थानमा पुगेर सेवा दिने गरिन्छ । जस्तैः तपाईलाई चेक बुक आवश्यकता परेको छ भने कामना सेवाको मोवाईल बैंकिङ एप मार्फत् रिक्वेस्ट गर्नुहुने छ, त्यो रिक्वेस्ट अनुसार तपाईलाई तपाईकै लोकेशनमा चेक बुक डेलिभर गरिनेछ ।

अल्फा ग्रो खोल्ने ग्राहकको नै जिवन बीमा गरिदिनेबारे अलि स्पष्ट पारिदिनुहोस् न 

हामीले बच्चाहरुको उज्वल भविष्यको लागि भनेर खाता खोल्छौ, अलिक समय बचत पनी राम्रो गर्छौ तर विस्तारै त्यो क्रम घट्दै गएको देखिन्छ । किनकी बचतको महत्व बालबालिकालाई राम्रोसँग बझाउन सकिरहेका छैनौ जुन अनिवार्य छ । त्यसैले हामीले बचत गर्दा जिवन बीमा सुविधा पनी हुने र बचत पनि हुने अझै जीवन बीमाको पैसा आफुले तिुर्ननपर्ने भएपछि बचत गर्ने बानीको विकास गर्न समेत उत्प्रेरित हुने देखेर नै हामीले बचत खातामा नै जीवन बीमाको अवधारणा ल्याएका हौं । बालबालिकाले आज गरेको बचतमा पाउने व्याज त छदै छ त्यसको अलावा नियमित बचत गर्नको लागि खुत्रुके प्रदान गर्ने जुन अलिक विशेष किसिमको छ । जसमा बालबालिकाले बचत गर्दै जाँदा कति बचत गरे भनेर त्यही खुत्रुकेबाट पनि जानकारी पाउन सकिने हुन्छ । अव, जीवन बीमा त खास नै भईहाल्यो ।

बचत खातामा जीवन बीमा कत्तिको प्रभावकारी हुन्छ जस्तो लाग्छ ?

हेर्नुस्, अब बचत खातामा व्याज त जसले पनि दिन्छन्, विशेष के छ भन्ने हो, बालबालिकालाई बचतमा कसरी अभ्यस्त बनाउने भन्ने हो । ५० हजारसम्मको जोखिम बहन पनी भयो अनी बालबालिका बालिग भए पश्चात उनिहरुले उक्त रकम आफैले प्रयोग गर्न पाउँछन् । कतिपय अभिभावकले बच्चाको नाममा खाता खोल्ने तर त्यसको प्रयोग आफुले गरिदिने गरेको पाईएको छ । त्यसले गर्दा बालबालिकाले आफ्नो पैसा आफैले प्रयोग गर्न नपाउने पनि हुन्छ । अव जीवन बीमा वापतको रकम समेत वच्चाकै खातामा जम्मा हुने र उनिहरुले नै प्रयोग गर्न पाउने भएकोले अभिभावकको योगदानको पनी कदर हुन्छ । यती भएपश्चात त प्रभावकारी हुन्छ भन्ने हाम्रो बिश्वास छ ।

सुन्दा अलिक अचम्म लाग्ने तपाईहरुले लन्च गरेको डोर स्टेप बैंकिङको बारेमा पाठकहरुलाई अलिकती स्पष्ट पारिदिनुहोस् न ।

कामना सेवा विकास बैंकको नयाँ डिपोजिट प्रडक्ट “विशिष्ट बचत खाता” मा पाईने सुविधा हो, जस अन्तर्गत ग्राहकले आफुले बैंकबाट प्राप्त गर्ने सेवाहरु घर, अफिस वा आफुले रोजेको स्थानवाटै सुविधा लिन सकिन्छ । जस्तै बैंकमा रहेको खातामा रकम जम्मा गर्ने, खाताबाट रकम झिक्ने, चेक बक माग गर्ने, चेक जम्मा गर्ने, स्टेटमेण्ट माग गर्ने, व्यालेन्स सर्टिफिकेट माग गर्ने लगायतका सुविधाहरु निशुल्क रुपमा पाईन्छ । अझै भन्नुपर्दा लकर सुविधा बैंकमै आएर लिने भएकोले मिलेन त्यो बाहेक अरु सम्पुर्ण सुविधाहरु यसै अन्तर्गत लिन सकिन्छ । हाल यो सुविधा काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)मा मात्र उपलव्ध छ । जुन सुविधा लिँदा अतिरिक्त कुनै पनी शुल्क लाग्दैन । अव पहिले जस्तो सवै व्यक्ति बैंक सम्म धाउनलाई समय पनि हुदैन चाहना पनी हुदैन किनकी सवै व्यक्तिहरुको समय एकदम महत्वपुर्ण छ । एउटा बैंक सम्म पुगेर पैसा जम्मा गर्ने समयमा आफ्ना धेरै कामहरु गर्न सकिन्छ । सँगसगै बैंकसम्म जानको लागि दिउसो कार्यालयमा हुँदा समय निकाल्न पनि गाह्रो हुन्छ । यि सबै समस्याहरुको समाधान भनेको  Door Step Banking नै हो । यो सुविधा अत्याधुनिक डिजिटल प्रविधिमा आधारित छ जसले गर्दा एकदमै सुरक्षित पनि रहेको छ ।

नेपाल राष्ट्र बैंकले यस्तो कारोबारलाई के ही रोकावट त गर्दैन नि ?

हामीले नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर नै यो प्रडक्ट लन्च गरेका छौ । हाम्रो विज्ञ टिमले नेपाल राष्ट्र बैंक समक्ष नै विस्तृत प्रस्तुतिकरण गरेर नेपाल राष्ट्र बैंकले मन पराएर नै यो प्रडक्ट आएको छ ।

यो प्रडक्टको लक्षित वर्गमा कसलाई हेर्नु भएको छ?

हाम्रा सवै प्रडक्टहरु आफैमा केही न केही विशेष छन् । यो प्रडक्ट त झन् विशिष्ट नै छ । हामीले सम्पुर्ण नेपालीहरुको बैकिङ अभ्यासलाई नै परिवर्तन गर्ने प्रयास गरेका हौं । त्यसैले लक्षित वर्ग भनेको सम्पुर्ण नेपालीहरुनै हो । शुरुमा हामीले यसलाई काठमाडौं उपत्यकामा मात्र प्रदान गरेका छौं जुन विस्तारै अन्य स्थानहरुमा समेत विस्तार गर्नेछौं । विशेष गरि व्यस्त जिवनशैली हुने, बैंकसम्म आउनको लागि समय नहुने, बैंक सम्म आउन अरु कसैको सहायता लिनुपर्ने व्यक्तिहरुलाई प्राथमिकतामा राखेका छौं तर विस्तारै सम्पुर्ण नेपालीहरुमा पु-याउने लक्ष्य रहेको छ ।

यो सुविधा लिँदा अतिरिक्त शुल्क लाग्छ कि लाग्दैन ?

हामिले प्रदान गर्ने  Door Step Banking मा कुनै पनि शुल्क लाग्दैन, विशिष्ट बचत खाता खोल्दा लाग्ने न्युनतम मौज्दात भने कायम गर्नु पर्छ तर त्यसमा अधिकतम व्याज भने पाईन्छ ।

 

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु