काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती

336
shares

बागलुङ। वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएको छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनि आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन् ।

जापानको रोजगारी छाडेर फर्किनुभएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेको छन् । उनले निसीखोला–४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरिरहेको छ् ।

घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन् । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवीखेतीबारे जानकारी तथा अनुभव हासिल गरेका घर्तीले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवीखेती सुरु गरेका थिए । कृषि व्यवसायमा केही वर्ष बिताएपछि उनि वैदेशिक रोजगारीका लागि जापान गएको थिए । तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए ।

किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधिकरणमा लाग्नुभएका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब रु तीन लाख आम्दानी गर्दै आएको छन् । उनले टिमुरखेतीसमेत विस्तार गरेको छन् । हाल एउटा गाई पालेर दूध बिक्री गर्दै आएका उनले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसकेको छन् ।

कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ । पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको उनि बताउछन् ।

“कृषिमा मल आवश्यक पर्छ, पशुपालनबाट मल प्राप्त हुन्छ । त्यसैले कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउने सोच बनाएको छु”, घर्तीले भने, “भारतमा सिकेको कृषि अनुभव र जापान गएर फर्किएपछिको भोगाइलाई अहिले आफ्नै माटोमा प्रयोग गरिरहेको छु ।”

कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन् । उनि निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेतछन् । जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा समेत संलग्न घर्ती जनप्रतिनिधि आफैँ उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्छन् ।

वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिरहेको छन् ।