काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

357
shares

बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो ।

जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सदरमुकाम पुगेर सेवा लिन सर्वसाधारणले व्यहोर्नुपर्ने समय र आर्थिक खर्चलाई ध्यानमा राख्दै फेसलेस सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए ।

यस सेवाअन्तर्गत सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कागजात कार्यालयको इमेल ठेगानामा पठाउन सक्नेछन् । कार्यालयमा निवेदन प्राप्त भएको एक घण्टाभित्र आवश्यक सिफारिसपत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा पठाउने व्यवस्था मिलाइएको उनले बताए ।

यो सेवा लिन सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी–जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेका खस–आर्य समुदायमध्ये कुनै एकको थर स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ ।

अनलाइन आवेदन गर्दा सम्बन्धित वडा कार्यालयको स्पष्ट व्यहोरासहितको प्रमाणित सिफारिसपत्र, सेवाग्राहीको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रङ्गीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा संलग्न गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।