काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

357
shares

वीरगन्ज।वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

छपकैया नेपाली समाजको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको हो ।

आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा मोतियाबिन्दु देखिएका बिरामीको सोही दिन निःशुल्क शल्यक्रिया गरिएको शिविरका संयोजक अजित भुजेलले जानकारी दिए ।

छपकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

संयोजक भुजेलले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रमलगायत सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको बताए । सम्बन्धित सङ्घसंस्था तथा सरोकारवालासँग सहकार्य गरी स्थानीय समुदायको स्वास्थ्य, सामाजिक एकता, सरसफाइ र जनचेतनाका क्षेत्रमा योगदान पु¥याउनु समाजको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।