नमस्ते पे वालेटमा स्प्लिट बिलको सुविधा
वि.सं.२०७९ मंसिर २७ मंगलवार १४:२१
shares

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुविधा प्रयोग गर्न सक्ने भएका छन् ।
साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ जाँदा, नमस्ते पेको स्पिलट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दो रुपमा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । क्युआर स्क्यानमार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधा लिन सकिने कम्पनीले बताएको छ ।
कम्पनीको अनुसार यो सुविधाको फाइदा एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन् ।

























