काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टाटा मोटर्सको ‘इन्जिन केयर क्याम्प’ सुरु

7.43K
shares

सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका लागि ‘इन्जिन केयर क्याम्प’काे आयोजना गरेको छ ।

सिप्रदीले नयाँ प्रविधियुक्त गाडीहरूलाई विशेष रूपमा चेकजाँच, मर्मत तथा सम्भार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरूलाई प्रत्यक्ष रूपमा फाइदा दिने उद्देश्यले क्याम्पको आयोजना सुरु गरेको हो ।

टाटा मोर्टस कस्टमर केयर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोह विच उक्त क्याम्पको सुरु गरेका हुन । यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५ प्रतिशतदेखि कम्पनीले तोकिएका पार्ट्सहरूमा ५० प्रतिशतसम्मको छुट, ल्युब्रिकेन्टमा २० प्रतिशत छुट रहेको छ ।

यसका साथै, लेबर चार्जमा २५ प्रतिशत छुट, तथा चालकहरूका लागि नयाँ प्रविधिका गाडीहरूमा गर्नु पर्ने तथा गर्न नहुने कामहरूबारे निःशुल्क तालिमको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरूमा पुस १५ गतेसम्म क्याम्प सञ्चालनमा हुने कम्पनीले जनाएको छ ।