गृहपृष्ठ इलेक्ट्रिक स्कुटर ‘सेगवे ई११०एल’ नेपालमा सार्वजनिक, के-के छन् विशेषता ?
इलेक्ट्रिक स्कुटर ‘सेगवे ई११०एल’ नेपालमा सार्वजनिक, के-के छन् विशेषता ?
सेगवे-नाइनबोटले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर ‘सेगवे ई११०एल’ सार्वजनिक गरेको छ । यो स्कुटर मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर भएको कम्पनीकाे दाबी छ ।
‘यसमा विभिन्न इण्डष्ट्री लिडिङ उत्कृष्ट फिचरहरू समावेश गरिएकोले यसले प्रभावशाली प्रदर्शन प्रदान गर्छ । यसमा २४०० वाटको अधिकतम मोटर पावर र ७२भी २४ए ब्याट्री क्षमता रहेकाले ११० किलोमिटरभन्दा बढीको यात्रा गर्न सकिन्छ,’ कम्पनीले भनेकाे छ ।
यो स्कुटरमा सञ्चालन इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू सहित १०० प्रतिशत किलेस रहेकाे जनाइएकाे छ । यसले लन्चर एप र एड्मीन ड्यासबोर्डसँग कार्य गर्छ । जसले फ्लीट अपरेटरहरू र राइडरहरूलाई सजिलैसँग आफ्नो सवारी साधनहरू व्यवस्थापन गर्न र सवारी चलाउन सक्षम बनाउँछ ।
यसमा भएको ड्राइभर अक्युपेन्सी डिटेक्शन सिस्टमले अटोमोटिभ ग्रेड टेक्नोलोजीको फाइदा लिएर असामान्य समाधानका साथ सवारलाई सचेत गराउने कम्पनीले बताएको छ । यसको इलेक्ट्रोनिक पार्किङ मेकानिज्मले चलिरहेको अवस्थामा अनपेक्षित रूपमा छोएर हुने दुर्घटनाहरूलाई रोक्छ ।
त्यस्तै, यसमा भएको इन्टेलिजेन्ट इलेक्ट्रोनिक प्रणालीले आवश्यकता र व्यक्तित्व अनुरूप वाहन अडियो प्रणाली अनुकूलन गर्छ । कम्पनीका अनुसार यसमा भएको सेल्फ-डेभलप्ड ब्याट्री व्यवस्थापन प्रणालीले असामान्य तापक्रम सुरक्षा, भोल्टेज सुरक्षा, हट प्लग सुरक्षा र ओभर चार्ज सुरक्षा लगायतका फाइदाहरू प्रदान गर्दछ ।
यो स्कुटरले फोन होल्डर र मिररलाई सुरक्षित गर्न र अनाधिकृत चालहरू रोक्नको लागि ई-लक सुविधा दिन्छ र पार्किङ गरेपछि तुरुन्तै सवारी साधनलाई सहज रूपमा लक गर्न सकिनेसमेत कम्पनीले उल्लेख गरेकाे छ ।

प्रकाशित समय : १५:४९ बजे




















