गृहपृष्ठ ३९ अंकले घट्यो नेप्से, १३ वटै उपसूचक राताम्य

३९ अंकले घट्यो नेप्से, १३ वटै उपसूचक राताम्य

अत्याधिक गुमाउनेमा वित्तीय संस्था

३९ अंकले घट्यो नेप्से, १३ वटै उपसूचक राताम्य

बुधबारको सेयर बजारमा ३९ अंककाे गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ ।

आज ३६ लाख ९६ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख रुपैयाँकाे काराेबार भएकाे छ । आज अत्याधिक कमाउनेमा उपर हावेखोला हाइड्रोपावर कम्पनीका साथै ४ म्युचल फण्डहरु रहेका छन् भने अत्याधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंकसहित सबै ४ वटा वित्तीय संस्था रहेका छन् ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स सूचक ४.७३ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको ३.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु