global ime bank Long Banner Ad

गृहपृष्ठ तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्वाचन आयोगको निर्देशन

तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्वाचन आयोगको निर्देशन

तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बझाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो ।
घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबजाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु