थप ५१ जनामा कोरोना पुष्टि, १०० जना संक्रमणमुक्त
वि.सं.२०७९ असोज ९ आइतवार १७:२४
shares

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा कसैको मृत्यु भएको छैन ।
३ हजार २४ जनाको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हाे ।
हाल देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आइसीयूमा छन् ।

























