काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनलाइन प्रणालीबाटै शिक्षकको फाँटवारी पठाउने व्यवस्था सुरु

12.26K
shares

नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकले सावधिक जीबन बिमा योजनाअन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।

योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । बिद्युतिय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको हो ।

शिक्षकले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक बितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय, बिद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ ।

शिक्षकमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक बिद्यालय ललितपुरका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले बताए । उनले यस्तो सेवाबाट कागजरहित कार्यको बिकास भएको प्रतिक्रिया दिए ।

कोषको प्रणालीले प्रदान गरेको सब-मिसन नम्बरको आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा मुलुकभरका सबै ‘क’ बर्गका बाणिज्य बैंकमा रहेको हुँदा सम्बन्धित कार्यालय, बिद्यालयले आ-आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन् । फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिक रुपमा सञ्चालन गरिरहेको छ ।