global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ माओवादी केन्द्रीय समिति बैठक सुरु, जवाफ दिँदै प्रचण्ड

माओवादी केन्द्रीय समिति बैठक सुरु, जवाफ दिँदै प्रचण्ड

माओवादी केन्द्रीय समिति बैठक सुरु, जवाफ दिँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मंगलबार र बुधबार स्थगित भएको बैठक बिहीबार बिहान पौने १२ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको हो ।

अहिले बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सदस्यहरुका जिज्ञासा र प्रस्तावमाथि प्रष्टीकरण दिँदैछन् । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । सम्भवतः आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्नेछ ।

माओवादीको बैठक गत आइतबारदेखि काठमाडौंमा जारी छ ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु