गृहपृष्ठ अर्थमन्त्री शर्माको कुरा सुन्दैनौँ : एमाले

अर्थमन्त्री शर्माको कुरा सुन्दैनौँ : एमाले

अर्थमन्त्री शर्माको कुरा सुन्दैनौँ : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेट कर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि प्रष्टीकरण नसुन्ने भएको छ । 

गत १४ जेठको मध्य राति अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा धारणा राख्ने तयारी गरिरहेको बेला एमालेले पनि कुनै प्रष्टीकरण नसुन्ने भएको हो । 

‘बजेटजस्तो संवेदनशील विषयमा जसरी अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई प्रवेश गराउनुभयो, त्यसले राष्ट्रको शिर निहरिएको छ,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘राज्यका लागि अपराध गरेको दण्डनीय व्यक्तिको धारणा हामीले सुन्नु छैन, हामी सुन्दैनौँ ।’ 

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले रोष्ट्रममा उभिएर धारणा राख्न खोजेको अहिलेसम्म जानकारी नदिएको जनाउँदै जबरजस्ती गर्न खोजिए प्रतिकार गर्ने पनि उनको चेतावनी छ । 

‘अर्थमन्त्रीले संसद्मा बोल्ने विषयमा सभामुख कसरी प्रस्तुत हुनुहुन्छ, त्यसअनुसार हाम्रो राणनीति हुन्छ, विरोध तथा बहिस्कार दुवै हुनसक्छ,’ उनले भने । 

उनका अनुसार अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गर्नुपर्ने तथा संसदीय छानबिन जस्ता भरपर्दो आश्वासन नदिएसम्म एमालेको विरोध जारी रहने छ । 

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु