सुनको मूल्यमा उल्लेख्य गिरावट
वि.सं.२०७९ असार २२ बुधवार १८:०७
shares

आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएकाे छ । अघिल्लाे दिनकाे तुलनामा सुनकाे मूल्य बुधबार एक हजार ६०० रुपैयाँले घटेको हाे । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला मूल्य ९६ हजार रुपैयाँ कायम भएकाे छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबारका लागि तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यता, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।

























