global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सनराइज बैंकको नयाँ सुविधा : अब एटीएम कार्डमा पनि फोटो

सनराइज बैंकको नयाँ सुविधा : अब एटीएम कार्डमा पनि फोटो

सनराइज बैंकको नयाँ सुविधा : अब एटीएम कार्डमा पनि फोटो

अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो ।

जसको सुरूआत आइतबारदेखि भएको छ । बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टोमाइज्ड फोटो सहितको कार्ड हस्तान्तरण गरी उक्त कार्डको सुरूआत गरेको हो । माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले २०१० की सीएनएन हिराे अवार्ड जित्न सफल भएकी कोइरालालाई सो कार्ड हस्तान्तरण गरेका हुन् ।

यो सुविधा अन्तर्गत ग्राहकले आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सक्नेछन् । साथै, उक्त प्रविधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न पनि सकिने बैंकले जानकारी गराएको छ ।

यससँगै यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई ग्राहकले सजिलै आफ्नो फोटो कार्डमा राखी रिक्वेष्ट सबमिट गर्न सकिने बैंकले जनाएकाे छ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु