गृहपृष्ठ निर्वाचनमा एमालेले धाँधली गर्‍यो : कांग्रेस प्रवक्ता महत

निर्वाचनमा एमालेले धाँधली गर्‍यो : कांग्रेस प्रवक्ता महत

निर्वाचनमा एमालेले धाँधली गर्‍यो : कांग्रेस प्रवक्ता महत

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले धाँधली गरेको आरोप लगाएका छन् । 

राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप उनले लगाएका हुन् । 

‘एमालेले भन्दै आएको धाँधली भयो, सरकारले हस्तक्षेप गर्‍यो, सरकारले प्रभाव पार्‍यो भन्ने कुरामा सत्यता छैन,’ प्रवक्ता महतले भने, ‘बरु बाजुराको बुढिगंगा नगरपालिकामा व्यापक धाँधली भयो । नगरपालिकाको २, ३, ५, ९ नम्बर वडामा बुथ कब्जा गरियो । सुरक्षा निकाय पनि पस्न नसक्ने बनाइयो । यो कब्जा एमालेको नेताहरुको नेतृत्वमा भयो ।’  

निर्वाचनमा धाँधली गरेर मतपेटिकासमेत एमालेका नेताहरु आफैँले बोकेर जिल्ला पुर्‍याएको उनले जनाए । यसलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने उनले बताए । 

‘निर्वाचन आयोगलाई तत्काल कुनै पनि प्रभावमा नपरी चार वटा वाडमा पुनः निर्वाचन गराउन माग गर्दछौँ,’ प्रवक्ता महतले भने । 

प्रकाशित समय : २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु